कामी रिता शेर्पा २७ औँ पटक सगरमाथाको चुचुरोमा

सफल खबर संवाददाता

बुधबार, ०३ जेठ २०८०, ११ : ०३
कामी रिता शेर्पा २७ औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौँ । कीर्तिमानी आरोही कामी रिता शेर्पाले बुधबार २७ औँ पटक सगरमाथाको  सफल आरोहण गरेका छन् । बुधबार बिहान साढे ८ बजे उनले सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला टेकेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।

सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रुपमा कार्यरत छन् । जनवरी २, १९७० मा  जन्मिएका उनले १९९२ देखि आरोहण सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस