दाङ । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री धनबहादुर मास्कीले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री डिल्ली चौधरीले सोमबार मास्कीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । अन्य दुई जना मन्त्रीहरुको भने जिम्मेवारी तोकिएको छैन ।
नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोसपाका सन्तोषकुमार पान्डेलाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छैन । सम्भवत: भोलि नै दुई जना मन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले बताए ।
श्रोतका अनुसार नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेलाइ सहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ जेठ २०८०, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ