मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ९ गतेका लागि आह्वान गरिने भएको छ । बागमती प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ९ गते १ बजे आह्वान गर्ने निर्णय अनुसार प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभा बैठक आह्वान गर्नेछन् । उक्त अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै आगामी आर्थिक वर्षको बजेटसमेत ल्याइने छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि शिक्षा स्वास्थ्य तथा भौतिक संरचना विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गगांनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार सरकारले टुक्रे योजनालाई वैकल्पिक व्यवस्था गरी प्रभावकारी ढंगबाट बृहत् र दीर्घकालीन योजनाहरु ल्याउने तयारी भइरहेको छ ।
त्यस्तै बैठकले नेपाल र तामाङ भाषालाई कामकाजको भाषा बनाउन विधेयक तयार गरेको र सो विधेयकलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए । उनका अनुसार सरकारले प्रदेश सरकारी कामकाजको भाषाको रूपमा नेपाल र तामाङ भाषालाई प्रयोग गर्ने सो सम्बन्धी विधेयकको मस्यौदालाई सिद्धान्त स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले दोलखाको जिरीमा पर्यटकीय ताल निर्माणका लागि जग्गा अधिकरण प्रक्रिया अघि बढाउने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए । प्रदेश गौरवको आयोजनाको रूपमा निर्माण गरिने मानव निर्मित पर्यटकीय ताल निर्माणका लागि जग्गा अधिकरणका लागि प्रक्रिया सुरु गर्ने निर्णय गरेको उनको भनाई छ ।
जसअनुसार जिरी नगरपालिका–५ मा मानव निर्मित पर्यटकीय ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको उनले बताए ।
जनतापाटीबाट थप
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, १९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा