विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कार्यक्रम भएको आशंकामा अर्घाखाँची र प्युठानको वनक्षेत्रमा प्रहरी परिचालन

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०७५, १९ : २९
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कार्यक्रम भएको आशंकामा अर्घाखाँची र प्युठानको वनक्षेत्रमा प्रहरी परिचालन

फाइल फोटो

चितवन । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बिशेष कार्यक्रम भएको आशंकामा अर्घाखाँची र प्युठानको सिमास्थलका जगंल क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

नेकपाका केन्द्रिय स्तरका विशेष नेताहरुको उपस्थित रहेको भन्ने संकेत पाए पछि  प्रहरीले प्युठानको सरुमारानी क्षेत्र र अर्घाखांचीको शितगंगा नगरपालिका वनक्षेत्रमा प्रहरी निगरानी बढाएको स्रोतको भनाइ छ । नेकपाका महासचिव बिप्लब सहित शिर्ष तहका नेताहरु भएको वनक्षेत्रमा प्रहरी परिचालन गरिएको भएता पनि अहिलेसम्म कोहि केही फेला नपरेको स्रोतले जानकारी दिएको छ ।
प्रदेश ५ अन्तर्गत राप्ती अञ्चललाई केन्द्रीत गर्दै जनकारबाही बढाउने खबर आएपछि प्रहरीले खोजबिन र अनुसन्धान सुरु गरेको प्रहरी उच्च स्रोतको भनाई छ । यो बिषयको बारेमा नेकपा र प्रशासन कतै बाट पुष्टी भने भएको छैन ।

यतिबेला सादा पोशाकका प्रहरी तैनाथमा रहेको स्थानियले बताएका हुन । कपिलबस्तु दाङ प्युठान र अर्घाखांचिका सिमा क्षेत्रमा  प्रहरीले उपस्थित बाक्लो बनाएकोछ ।

नेकपाका उच्च तहका नेताहरुको संवाद नेट्वर्कले क्याच गरेको र सो संवादको लोकेशन अर्घाखाची र प्युठान देखाएपछी प्रहरीले उच्च सतर्कता सहित निगरानी बढाएको भन्ने बुझिएको छ । यद्यपी नेकपा स्रोत अनुसार कोहि नेता पनि घेरा बन्दी र असहजता नरहेको र उक्त कुरा निराधार भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस