सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने

सफल खबर संवाददाता

आइतबार, ३१ बैशाख २०८०, १५ : ०८
सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने

काठमाडौं। सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि पढ्नेबारे छलफल भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल पूर्णरुपमा स्वस्थ भइनसकेका कारण यसको विकल्पबारे छलफल भएको हो ।

सुरुमा संक्षिप्त रुपमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्ने र त्यसपछि बाँकी नीति तथा कार्यक्रम प्रधानमन्त्री प्रचण्ड पढ्नेबारे प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाबीचमा छलफल भएको हो।

नेताहरुका अनुसार कार्यव्यवस्था परामर्श समितिले यस सम्बन्धमा औपचारिक निर्णय लिनेछ । आगामी जेठ ३ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस