दुःख, कष्टकासाथ जीवनभर जनता र क्रान्तिको पक्षमा उभिन्छु : प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०७५, १३ : ५४
दुःख, कष्टकासाथ जीवनभर  जनता र क्रान्तिको पक्षमा उभिन्छु : प्रचण्ड

काठमाडौं  ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाचुन्जेल दुःख र कष्टका साथ जनताको र क्रान्तिको पक्षमा दृढतापूर्वक उभिने संकल्प गरेका छन् ।

अध्यक्ष दाहालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलगायतका नेताहरुको सपनालाई पूरा गर्न दुःख, कष्टका साथ जीवनभर लागि रहने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

 बुधबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको पाँचौं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टी नेतृत्वको सरकार रहेको उल्लेख गर्दै त्यसले विकास र समृद्धिको एजेन्डालाई अघि सारेको पनि स्मरण गराए ।

उनले सामाजिक न्यायसहित मुलुकलाई समृद्धिको दिशामा अघि बढाएर समाजवादतर्फको यात्राको तयारी आफूहरुले गरिरहेको दावी पनि गरे ।  त्यस अवसरमा अध्यक्ष दाहालले सहिदहरुको सपना पूरा गर्नेगरी पार्टी एकतावद्ध रहेको दावी पनि गरे ।

अध्यक्ष दाहालले कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने अभियानमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कर्माचार्यले खेलेको भूमिकाको पनि चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस