न्युयोर्कमा श्वेत अमेरकीद्वारा अश्वेत नागरिकको घाँटी थिची हत्या

सफल खबर संवाददाता

शनिबार, ३० बैशाख २०८०, ११ : ४६
न्युयोर्कमा श्वेत अमेरकीद्वारा अश्वेत नागरिकको घाँटी थिची हत्या

न्युयोर्क । श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर  मरणासन्न पारी शुक्रबार बिहान न्यु योर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । पेनीलाई शुक्रबार दिउँसो म्यानहट्टन फौजदारी अदालतमा उपस्थित गराइदै छ।

मे १ मा नीलीको मृत्यु भएकै  दिनमा न्यु योर्क प्रहरीले पेनीलाई सोधपुछ मात्र गरेर रिहा गरेको थियो जसका कारण व्यापक विरोध प्रदर्शन भएको थियो ।मे  ३ मा नीलीको हत्या भएको अनुसन्धानबाट पुष्टि भएपछि मुद्दा अगाडि बढाइएको छ । म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयका प्रवक्ताले बिहीबार पेनीलाई नरसंहारको आरोपमा पक्राउ गरिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस