एजेन्सी । पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पाकिस्तान तेहरीक-ए-इन्साफ (पिटिआई) का नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्।
कुरैशी इस्लामावादबाट पक्राउ परेकाे बिबिसी उर्दूले जनाएकाे छ।
पक्राउ गर्नुअघि कुरेशीले रेकर्ड गरिएको भिडियोमा भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आएको छ। म सन्देश दिन चाहन्छु- यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र यसमा हामी सहभागी हुनैपर्छ। आज इमरान खान उनीहरूको हिरासतमा छन्, जसबाट उनको ज्यान खतरामा छ। तपाईंहरूले हाम्रो वास्तविक स्वतन्त्रता संग्राम जारी राख्नुपर्छ र इमरान खान रिहा नभएसम्म नरोक्नूहोस्।’
पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि पाकिस्तानमा हिंसात्मक प्रदर्शन जारी छ।
पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले बुधबार राति देशलाई सम्बोधन गर्दै हिंसा गर्नेहरूलाई कडाभन्दा कडा सजाय दिइने चेतावनी दिएका छन्।
यसैबीच पाकिस्तानमा चलिरहेकाे हिंसाका कारण १० जनाको मृत्यु भइसकेकाे छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २८ बैशाख २०८०, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट
पाकिस्तानमा बाढीका कारण ११ जनाको मृत्यु
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
भारत र पाकिस्तानबीच आज वार्ता हुँदै
साउदी विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग तनाव कम गर्नेबारे छलफल
पाकिस्तानद्वारा भारतविरुद्ध ‘अपरेसन बुनियान मरसुस’ सुरु