एजेन्सी । पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पाकिस्तान तेहरीक-ए-इन्साफ (पिटिआई) का नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्।
कुरैशी इस्लामावादबाट पक्राउ परेकाे बिबिसी उर्दूले जनाएकाे छ।
पक्राउ गर्नुअघि कुरेशीले रेकर्ड गरिएको भिडियोमा भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आएको छ। म सन्देश दिन चाहन्छु- यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र यसमा हामी सहभागी हुनैपर्छ। आज इमरान खान उनीहरूको हिरासतमा छन्, जसबाट उनको ज्यान खतरामा छ। तपाईंहरूले हाम्रो वास्तविक स्वतन्त्रता संग्राम जारी राख्नुपर्छ र इमरान खान रिहा नभएसम्म नरोक्नूहोस्।’
पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि पाकिस्तानमा हिंसात्मक प्रदर्शन जारी छ।
पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले बुधबार राति देशलाई सम्बोधन गर्दै हिंसा गर्नेहरूलाई कडाभन्दा कडा सजाय दिइने चेतावनी दिएका छन्।
यसैबीच पाकिस्तानमा चलिरहेकाे हिंसाका कारण १० जनाको मृत्यु भइसकेकाे छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २८ बैशाख २०८०, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए