भ्रष्टाचारका कारण देशको अर्थतन्त्र अस्तव्यस्त : बिनोद चौधरी

सफल खबर संवाददाता

बुधबार, २७ बैशाख २०८०, १३ : ०३
भ्रष्टाचारका कारण देशको अर्थतन्त्र अस्तव्यस्त : बिनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद बिनोदकुमार चौधरीले मुलुकमा व्याप्त भ्रष्टाचारका कारण मुलुकको अर्थतन्त्र धरासायी भएको बताएका छन । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उद्योगपति समेत रहनुभएका सांसद चौधरीले भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको बताए ।

भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको टिप्पणी गर्दै सांसद चौधरीले भ्रष्टाचारका कारण आम नागरिकहरु पीडित बनेको बताए ।उनले भ्रष्टाचारका प्रक्रियालाई पारदर्शी बनाइनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले नक्कली भूटानी शरणार्थी प्रकरणलाई टुंगोमा नपु¥याए र अपराधी भनिएकाहरुलाई पक्राउ गरी कारबाही नगरे बिरोधमा उत्रिने चेतावनी दिए ।

उनले सरकारले देखाएको पहलकदमी सह्रानिय रहेको उल्लेख गर्दै राजनीतिक दाउपेचमा नेता बचाउने प्रयास भए सह्य नहुने चेतावनी दिए। सांसद पराजुलीले आफ्नो पार्टीले भ्रष्टाचारको बिरुद्धमा सधैँ आवाज उठाइरहने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस