चितवनमा विरोध सभा गर्ने तयारीमा नेपाली काँग्रेस

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०७५, १७ : ४६
चितवनमा विरोध सभा गर्ने तयारीमा नेपाली काँग्रेस

चितवन । नेपाली काग्रेस जिल्ला कार्य समिति चितवनले यहि श्रावण १५ गते गर्ने विरोध सभाको तयारी शुरु गरेको छ । जिल्ला सभापति जीत नारायण श्रेष्ठले आज पाटी कार्यलय कमलनगरमा भातृ सस्थाका अध्यक्ष एंव पदाधिकारीलाई बोलाएर कार्यक्रम सफल पार्न निर्देशन दिएका छन् । उनले बर्तमान सरकार नागरिककलाई राहत दिन भन्दा आहत दिन उद्धत रहेको आरोप लगाए । सरकार उडन्ते कुरामा लागेको भन्दै धरातलिय यर्थातमा ल्याउनपनि काग्रेस सडकमा आउनुपरेको उनले बताए । सम्बृद्धिका नाममा नागरिकलाई भुलाएर सरकार अधिनायबादी बन्न खाजेको उनको तर्क थियो ।

कार्यक्रममा, नेपाल महिला संघ चितवनका की अध्यक्ष पार्वती शाह, नेपाल टेड युनियन काग्रेसका केन्द्रिय सदस्य लक्ष्मण भटराई, जिल्ला अध्यक्ष हरिहर सापकोटा, नेपाल बिद्यार्थी संघ चितवनका अध्यक्ष सूर्य ढकाल , नेपाल तरुणदल चितवनका सचिब प्रहलाद उप्रति, नेपाल सास्कृतिक संघ चितवनका अध्यक्ष गौरीश्वर रिजाल , नेपाल भुपु सैनिक संघ चितवनका अध्यक्ष सन्तलाल गुरुङ, नेपाल मुस्लिम संघ चितवनका अध्यक्ष युसिद्दिन मिया, नेपाल किसान संघ चितवनका अध्यक्ष टंकनाथ पौडेल लगायतले पाटीको निर्देशन अनुरुपको कार्य गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

उनीहरुले १५ गतेको कार्यक्रमका लागि आ आफ्ना तर्फबाट हुने सहयोगका बिषयमा आन्तरिक तयारी समेत थालिएको बताए ।
कार्यक्रममा पाटी उपसभापति कैलाश कोईराला, सचिब राजिब न्यौपाने, सह सचिब सूर्य अर्याल, प्रबक्ता निता ढकाल जिल्ला सदस्यहरु भुपतिदास सापकोटा, देबकी गौतमको उपस्थिती रहेको सथियो । पाटीले आज बिहान शुभेच्छुक सस्थाका अध्यक्षहरु सँग छलफल गरेको थियो भने भोली पाटीका पुर्व सभापति, पुर्व पदाधिकारी तथा माननिय तथा पुर्व माननियहरु सँग छलफल कार्यक्रम राखेको छ ।

प्रतिक्रिया दिनुहोस