आगामी वर्षको बजेटमा लहडका योजनाहरू नहाल्न अर्थमन्त्रीलाई सांसद शर्माको आग्रह

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, १२ : ४२
आगामी वर्षको बजेटमा लहडका योजनाहरू नहाल्न अर्थमन्त्रीलाई सांसद शर्माको आग्रह

काठमाडौँ । सांसद विश्वप्रकाश शर्माले आगामी आर्थिक वर्षको बजेटमा लहडका योजनाहरू नहाल्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् । विगतका वर्षहरूमा यस्ता धेरै लहडका योजनाहरू हालिएकाले बजेट कार्यान्वयनमा मात्र नभएर वित्तीय स्थिति नै कमजोर बन्न पुगेको भन्दै सांसद शर्माले यस पटक सोही गल्ती दोहोर्याउनु नहुने बताए । 

प्रतिनिधि सभामा जारी विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि आफ्नो विचार राख्दै कांग्रेसका महामन्त्री समेत रहेका शर्माले गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थलको निर्माण परियोजना एकै पटक थालनी गरिएको प्रतिसमेत असन्तुष्टि व्यक्त गरे ।

राष्ट्रिय गौरवका आयोजनामा क्रमशः एकपछि प्राथमिकता दिँदै जानुपर्नेमा एकै पटक धेरै र लहडका परियोजनाहरू बजेटमा समेटिदा समस्या आउने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस