एन्फाको आगामी बजेट ६७ करोड बढी

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, ०९ : ०१
एन्फाको आगामी बजेट ६७ करोड बढी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट पारित गरेको छ । 

सोमवार बसेको आकस्मिक कार्यसमिति बैठकले ६७ करोड बढीको बजेट पारीत गरेको हो ।

सो बजेट पारितसहित एन्फाले थव ११ वटा विभिन्न ११ निर्णयसमेत गरेको जानकारी सार्वजनिक गरेको छ । 

एन्फा कम्प्लेक्समा बसेको बैठकले स्थानिय सरकार तथा सरोकारवालासँगको सहकार्यमा न्युनतम ३ वटा महिला एकेडेमी, २ वटा पुरुष र ६ वटा क्लव सञ्चालन गर्ने निर्णय लिएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस