काठमाडौं । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले महँगी घटाउने, भ्रष्टाचार शून्यतामा झार्नुपर्ने र ढिलासुस्तीलाई हटाउनुपर्ने अहिलेको प्रमुख आवश्यक्ता भएको बताएका छन।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन। उनले सरकारले जडिबुटी, जंगलको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यक्ता रहेको बताए ।
उनले लगानीमा निजी, सहकारी र सरकारी विषयलाई केन्द्रित गरी अघि लैजानुपर्ने आवश्यक्ता देखिएको बताए । सदस्य शर्माले समस्याको रुपमा रहेको महँगी भ्रष्टाचार र ढिलासुस्तीलाई अन्त्य गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।
ठेक्का लिएर वर्षौंसम्म काम नगर्नेहरुलाई कारबाही हुनुपर्ने पनि राष्ट्रिय सभा सदस्य शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ बैशाख २०८०, १२ : २३
लेखकबाट थप