बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बस्दै

सफल खबर संवाददाता

शनिबार, २३ बैशाख २०८०, १६ : ००
बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बस्दै

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बोलाएका छन् ।आज साँझ ५ बजे बालुवाटारमा बस्ने गरी सत्ता गठबन्धनमा आबद्ध दलको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले जानकारी दिए । बैठकमा कांग्रेस, माओवादी, जसपा, नेकपा एस, नाउपा लोसपासहितका दल सहभागी हुने बताइएको छ । ‘नीति कार्यक्रम, बजेट र समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बोलाउनुभएको छ’ तिमल्सिनाले  भने ।

सत्ता  गठबन्धनलाई समर्थन गर्दै आएको रास्वपाले शुक्रबारमात्रै समर्थन फिर्ता लिएको परिस्थितिबारे पनि छलफल हुने बुझिएको छ । पछिल्लो समय नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी गिरोहमा उच्च राजनीतिक नेतृत्व र कर्मचारी जोडिएको विषयले राजनीतिक माहोल  गराएका छन् । एमाले सचिव टाेपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन्।

शनिवार मात्रै एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसँग दुई घण्टा लामो छलफल गरेका थिए । उनले बिहीवार पनि प्रधानमन्त्रीसँग भेट गर्दै राजनीतिक प्रतिशोध साँधेर पक्राउ गर्न खोजिएको भन्दै आपत्ति जनाएका थिए । ओलीले शनिवार पनि यो प्रकरणमा प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन् । तर प्रधानमन्त्रीले आफू कसैसँग नझुक्ने भन्दै कानूनसम्मत अगाडि बढ्ने प्रष्ट्याएका छन् । ​शनिवारनै प्रचण्डले एक कार्यक्रममा बोल्दै शरणार्थी प्रकरण टे«लर मात्रै भएको भन्दै वास्तविक फिल्म आउनै बाँकी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस