अनेरास्ववियुका अध्यक्षले भने– राज्य विरुद्धको अपराध गर्नेमाथि कारबाही हुनुपर्छ

सफल खबर संवाददाता

बुधबार, २० बैशाख २०८०, १५ : ५४
अनेरास्ववियुका अध्यक्षले भने– राज्य विरुद्धको अपराध गर्नेमाथि कारबाही हुनुपर्छ

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले राज्य विरुद्धको अपराध गर्नेमाथि कारबाही हुनुपर्ने बताएका छन् । एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनले राज्यविरुद्धको अपराध जुन तहको नेताबाट भए पनि कानुनी कारबाही हुनुपर्ने बताए ।

‘राज्य विरुद्धको अपराध कुन तहको नेताबाट भो भन्ने हुन्न जो सुकै होस कानुनी कारबाही हुनुपर्छ। निष्पक्ष छानबिन होस्,’ उनले लेखेका छन् । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा बुधवार जिल्ला अदालत काठमाडौँले रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस