काठमाडौ । हराएको डाटा रिकभर हुने, नहुने यकिन नभए पछि लोक सेवा आयोगले जेठ महिनादेखि सञ्चालन हुने गरी तोकिएको परीक्षा लागि पुनः दरखास्त माग गरेको छ।
लोक सेवा आयोगले न्याय, परराष्ट्र, सामान्य प्रशासन, लेखापरीक्षण, संघीय संसद् आदि सेवामा मंसिर, पुस र माघ महिनामा खुलाइएको विज्ञापनमा पुनः दरखास्त हाल्न भनेको हो। आयोगले यसअघि आवेदन दिएकालाई मात्रै पुनः दरखास्त हाल्न भनेको छ।
‘लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिएस)मा अवस्थित पूर्वाधारमा २०७९ फागुन २३ गते समस्या सिर्जना भएपश्चात् जिआइडिएसबाट डाटा रिकभरीको कार्य भइरहेको तर प्रक्रिया कहिलेसम्म पूरा हुने, के कति डाटा रिकभरी हुने सम्बन्धमा यकिन गर्न नसकिने व्यहोरा जानकारी प्राप्त भएको छ,’ आयोगले सूचना प्रकाशित गर्दै भनेको छ,‘अनिश्चित कालसम्म आयोगका पूर्वप्रकाशित विज्ञापन सम्बन्धी कार्यहरूलाई यथास्थितिमा राख्दा कार्यतालिका नै प्रभावित हुने देखियो।’
परीक्षाको तयारी गरिरहेका उम्मेदवारहरूलाई मर्क नपरोस् भनेर वैशाख १४ गते निर्णय गरेर पुनःदरखास्त माग गरिएको आयोगको भनाइ छ। उम्मेदवारहरूले जेठ १८ भित्र पुनः आवेदन दिन सक्ने छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० बैशाख २०८०, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्पक्षता कायमका लागि लोक सेवा आयोगको जनविश्वास प्रबल छ: प्रधानमन्त्री ओली
लोक सेवाप्रति अझ बढ्दै जनविश्वास
बागमती लोक सेवा आयोगका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
लोक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक (सूचनासहित)