रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएसँगै लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन सकिएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलले विज्ञप्ति जारी गर्दै हिउँदे अधिवेशन सकिएको जनाएको छ ।
कार्यालयका सचिव प्रह्लाद पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम २०८० साल वैशाख १९ गते मंगलबार राति १२ः०० बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको उल्लेख गरिएको छ ।
प्रदेश सरकारले बजेटको लागि तयारी गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त गरी बजेट अधिवेशन बोलाइने छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ बैशाख २०८०, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान