रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएसँगै लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन सकिएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलले विज्ञप्ति जारी गर्दै हिउँदे अधिवेशन सकिएको जनाएको छ ।
कार्यालयका सचिव प्रह्लाद पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम २०८० साल वैशाख १९ गते मंगलबार राति १२ः०० बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको उल्लेख गरिएको छ ।
प्रदेश सरकारले बजेटको लागि तयारी गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त गरी बजेट अधिवेशन बोलाइने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ बैशाख २०८०, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि