लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । चौधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो ।
लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । ८ दलका ५२ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणपछि गरेका थिए ।
चौधरी नेतृत्वको सरकारमा ३ जना बिना विभागीय मन्त्री छन् । माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ बैशाख २०८०, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ