काठमाडौं। फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ। प्रहरी प्रधान कार्यालयले सभामुख घिमिरेलाई आइतबार दोस्रो पत्र पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। ‘हिजो ३/४ बजेतिर पत्र आएको छ,’ उनले भने।
प्रहरीले यसअघि गत पुस ७ गते पनि पत्र पठाइएको थियो। ‘ मिति २०७७/०८/१९ गते सम्मानित उच्च अदालत जनकपुरबाट भएको आदेश कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक सहयोग गरिने व्यवस्था हुन सादर अनुरोध गरिएको छ,’ त्यतिबेलाको पत्रमा भनिएको थियो।
तर पुसको पत्रलाई लिएर कुनै पनि प्रक्रिया अगाडि बढेको थिएन। अर्कोतिर उनले प्रतिनिधि सभाका केही बैठकमा भाग लिएका थिए। पछिल्लो समय उनले आफू बिरामी रहेको भन्दै सभामुखलाई पत्र पठाएका थिए। त्यसलाई अनुमोदन गर्न खोज्दा गत शुक्रबार प्रतिनिधि सभा बैठकमा विवाद भएको थियो।
२०७२ को मधेस आन्दोलनका बेलामा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। कोइरीमाथि विकको हत्या आरोप छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस