भारतमा उपचार गराएर कांग्रेस सांसद भण्डारी स्वदेश फिर्ता

सफल खबर संवाददाता

आइतबार, १७ बैशाख २०८०, १९ : ५५
भारतमा उपचार गराएर कांग्रेस सांसद भण्डारी स्वदेश फिर्ता

काठमाडौँ। आगलागीबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर स्वदेश फिर्ता भएका छन् ।

उनी आइतबार साँझ स्वदेश फर्केका हुन् । गत फागुन ३ गते राति आफ्नै निवासमा भएको आगालागीबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि भारत लगिएको थियो । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार गरिएको थियो ।

आगलागीमा परी नेता भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । उनकी आमाको भने उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस