वी.पी. कोईरालाको स्मृति दिवसमा हेटौंडाको रुद्रेश्वर मन्दिर परिसरमा बृक्षारोपण

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०७५, १५ : ५८
वी.पी. कोईरालाको स्मृति दिवसमा हेटौंडाको रुद्रेश्वर मन्दिर परिसरमा बृक्षारोपण

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता  बी.पी. कोईरालाको ३६ औं स्मृति दिवसको अवसरमा शाताब्यापी कार्यक्रम अन्र्तगतको दोश्रोदिन हेटौंडा ५ को रुद्रेश्वर मन्दिर परिसरमा आईतबार बृक्षारोपण गरिएको छ ।

नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा समिति, तरुण दल जिल्ला समिति, महिला संघ जिल्ला समिति, विद्यार्थी संघ जिल्ला समिति र ट्रेड युनियन कांग्रेस जिल्ला समितिको संयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रम गरिएको हो ।

कांग्रेस ५ नम्बर वडा सभापति एवं ट्रेड युनियन जिल्ला अध्यक्ष यम श्रेष्ठको सभापतित्वमा भएको बृक्षारोपण कार्यक्रममा प्रमूख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, विशिष्ट अतिथि मकवानपुर पार्टी सभापति एवं ३ नम्बर प्रदेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, रुद्रेश्वर पर्यटन विकास समितिका अध्यक्ष राजिव सुवेदीले जननायक वी.पी.ले पार्टी, देश र जनताप्रति गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, उपसभापति विष्णुप्रसाद लामिछाने, सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोईराला, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुलीलगायत जिल्लाका नेता, भातृ तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी एवं सदस्यहरु र कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस