विभेद र असमानता अन्त्य नभएसम्म राजनीतिक समस्या समाधान हुँदैन : उपप्रधानमन्त्री यादव

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०७५, १४ : ३०
विभेद र असमानता अन्त्य नभएसम्म राजनीतिक समस्या समाधान हुँदैन : उपप्रधानमन्त्री यादव

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मुलुकमा विभेद र असमानता अन्त्य नभएसम्म राजनीतिक समस्या समाधान नहुने बताउनुभएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री यादवले फोरम नेपाल काठमाडांै जिल्ला समितिले शनिबार काठमाडौमा आयोजना गरेको पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा राजनीतिक समस्याको स्थायी समाधानका लागि मुलुकमा व्याप्त विभेद र असमानता अन्त्य हुनुपर्ने बताउनुभएको हो । उहाँले अहिलेको संविधानले पनि विभेद र असमानतालाई सम्बोधन गर्न नसकेको गुनासो गर्नुभयो । त्यस्तै उहाँले संविधानमा नै सम्पतिमाथि जनताको अधिकार उल्लेख भएको भन्दै सरकारले बिनामुआब्जा कसैको सम्पति लिन नपाउने तर्क गर्नुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तीहरुलाई सम्मान गरिएको थियो भने अन्य पार्टीबाट आएका केहीलाई अध्यक्ष यादवले संघिय समाजवादी फोरम नेपाल पार्टीमा प्रवेश गराउनुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस