डा. केसीका मागलाई राजनीतिक रंग दिईयो : उपप्रधानमन्त्री पोखरेल

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०७५, १४ : २३
डा. केसीका मागलाई राजनीतिक  रंग दिईयो : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले डाक्टर गोविन्द केसीको मागलाई राजनीतिक  रंग दिइएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसंग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले डाक्टर केसीको मागमा नेपाली कांग्रेसले राजनीतिक रंग दिएको बताउनुभएको हो । उहा“ले डाक्टर केसीले उठाएका माग जायज र न्यायोचित भए त्यसको लोकतान्त्रिक ढंगले सम्बोधन हुने बताउनुभयो । उहा“ले लोकतान्त्रिक विधि र पद्धति र संसदीय पद्धति नमानी सडकबाटै समाधान खोज्ने प्रवृति गलत भएको टिप्पणी गर्नुभयो ।
उपप्रधानमन्त्री पोखरेलले सरकार स्वास्थ्य तथा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिवद्ध रहेको वताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस