‘ननइस्यु’ लाई इस्यु बनाउन खोजेर पार लाग्दैन : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०७५, १४ : १२
‘ननइस्यु’ लाई इस्यु बनाउन खोजेर पार लाग्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ननइस्यु’ लाई इस्यु बनाउन खोजेर पार नलाग्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयलको ५९ औ वार्षिक दिवसको सन्र्दभमा शनिबार कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको विरोधमा सडक र सदन संघर्षका कार्यक्रम घोषणा गर्दै गर्दा प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो । आफुमाथि विभिन्न आरोप लाग्ने गरेको उल्लेख गर्दै उहा“ले सानातिना कुरामा अलमलिने वा नन इस्युलाई इस्यु बनाउन खोजेर पार नलाग्ने बताउनुभयो ।
लक्ष्यविनाको योजना सफल नहुने भन्दै प्रधानमन्त्री ओलीले क्षेत्रगत अध्ययन अनुसन्धान र विश्लेषणसहितको योजनावद्ध विकासमा लाग्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले दक्ष र सक्षम जनशक्ति तयार गरी र्निदृष्ट लक्ष सहित योजनावद्ध विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस