बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले तीन जना मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रीहरू धन बहादुर मास्के, सन्तोष पाण्डे, धर्म बहादुर चौधरीले मन्त्रीको शपथ ग्रहण गरेका हुन् । मास्के माओवादी केन्द्र , पाण्डे जसपा, चौधरी नागरिक उन्मुक्ति पाटीमा सांसद हुन्।
चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एमाले नेता लिला गिरी नेतृत्वको यसअघिको सरकारले सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो ।
चौधरीलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा, जनमत पार्टीका ३-३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका १-१ गरी ५३ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ बैशाख २०८०, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ