६० वटा सरकारी निकायको डाटा हराउनुमा दोषी को ?

पत्रपत्रिकाबाट

शुक्रबार, १५ बैशाख २०८०, ०६ : ३१
६० वटा सरकारी निकायको डाटा हराउनुमा दोषी को ?

काठमाडौ । लोकसेवा  आयोगसहित  करिब  ६०  वटा  सरकारी निकायको डाटा हराउनुमा सेवा प्रदायक, हार्डवेयर तथा सर्भर प्रदायकका साथै सेवाग्राहीको समेत कमजोरी देखिएको छ । 

यी तीन निकायबीच डाटा संवेदनशीलताको विषयमा उचित समन्वय र छलफल नहुँदा यस्तो देखिको हो । राष्ट्रिय सूचना प्रविधि केन्द्रले सञ्चालन गर्ने गरी ओराकल कम्पनीले सरकारी सेवाग्राहीको डाटा राख्ने गरेको थियो ।

तर सर्भरमा समस्या आउँदा (लक हुँदा) डाटा नै हराएको समाचार आएपछि तीनवटै निकाय आफ्नो कमजोरी अरूमा पन्छाउन लागेका छन् । 

राष्ट्रिय  सूचना  प्रविधि  केन्द्रका  उपनिर्देशक  सफल  श्रेष्ठले  लोकसेवालगायतका  निकायहरूको  डाटा हराउनुमा ओराकलको सर्भरमा समस्या देखिनु नै प्रमुख कारण रहेको बताए ।

उनले आफूहरूले सेवाग्राहीको आग्रहमा डाटाको संवेदनशीलताअनुसार ब्याकअप   गर्ने   गरेको   तर   आयोगले   डाटा   संवेदनशीलताको  विषय  आफूहरूलाई  बुझाउन  नसक्दा यस्तो समस्या आएको उल्लेख गरेको खबर गोरखापत्रले छापेको छ।

प्रतिक्रिया दिनुहोस