लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरीको दाबी

सफल खबर संवाददाता

विहीबार, १४ बैशाख २०८०, १३ : ५७
लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरीको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न दिएको समयभित्र उनले दाबी पेश गरेका हुन् ।

चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेश गरेका छन् । जसमा ५३ जनाको हस्ताक्षर छ ।

प्रतिक्रिया दिनुहोस