ए डिभिजन लिग : मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा रोकिए

सफल खबर संवाददाता

बुधबार, १३ बैशाख २०८०, १९ : ३३
ए डिभिजन लिग : मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा रोकिए

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधवार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलरहित बराबरीमा रोकिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

मध्यम शुरुवात भएको खेलको दोस्रो हाफमा भने दुवै टोलीले प्रतिष्पर्धात्मक खेल देखाएका थिए । तर दुवै टोलीले केही सुन्दर मौका बनाए पनि सफल हुन भने सकेनन् ।खेलको सुरुमै अफिज ओलावालेको पासमा मछिन्द्रका चेन्चो ग्याल्नेनले गरेको प्रहार गोलपोष्टमा लागेर फर्कियो ।

६८ औं मिनेटमा थ्रीस्टारले बललाई जाली चुमाए पनि त्यो अफसाइड हुँदा थ्री स्टार निराश भएको थियो । त्यससपछि लगत्तै मछिन्द्रका ओलावाले अफीजको प्रहार थ्री स्टारका गोलकिपरले बचाएका थिए ।

८४ औं मिनेटमा चेन्चो ग्याल्चेनले फ्रिकिकमा गरेको प्रहार थ्रीस्टारका गोलकिपर पञ्च गर्दै फर्काए । खेलको इन्जुरी समयमा मछिन्द्रले दबाब बढाउँदै केही राम्रा प्रहार गरेपनि गोल भने गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस