काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बुधबार तीन खेल हुँदैछन्।
आजका दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ।
थ्री स्टार र मच्छिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। रंगशालामा हुने दोस्रो खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबबीच खेल हुनेछ।
हिमालयन र जावलाखेलबीचको खेल साँझ ६ बजे सुरु हुनेछ। त्यस्तै, च्यासल मैदानमा सातदोबाटो युथ क्लब र संकटा क्लबबीच खेल हुनेछ।
सातदोबाटो र संकटाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीद्वारा सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण