कोरोना अपडेट : थप १३६ जनामा संक्रमण पुष्टि, ६४ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, १६ : ५१
कोरोना अपडेट : थप १३६ जनामा संक्रमण पुष्टि, ६४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १५९१ जनामा कोरोना परीक्षण गर्दा थप १३६ जनामा कोरोना देखिएको हो ।

१५९१ परीक्षणमध्ये १०१९ जनाको पीसीआर परीक्षण र ५७२ जनामा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार ६४ जना कोरोनाका बिरामी निको भएर घर फर्किएका छन् ।

यस्तै, कोरोना संक्रिय संक्रमितको संख्या ३९० पुगेको पनि मन्त्रालयले जनाएको । साथै, यस दिन कुनै कोरोना बिरामीको निधन भएको छैन ।

प्रतिक्रिया दिनुहोस