शिवचन्द्रसँग उपेन्द्रले बनाए ५ हजार भन्दा बढीको मतान्तर

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, १६ : ०७
शिवचन्द्रसँग उपेन्द्रले बनाए ५ हजार भन्दा बढीको मतान्तर

बारा । बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले भन्दा ५ हजार २०३ मत बढी पाएका छन् । 

मंगलबार अपराह्न ४ बजेको अध्यावधिक विवरणअनुसार यादवले १७ हजार ३९३ मत पाउँदा कुशवाहाले १२ हजार १९० मत पाएर यादवलाई पछ्याइरहेका छन् ।  यस्तै एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ३१५ मत पाउँदा रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार १४० मत पाएका छन् । हालसम्म बारा २ मा ३९ हजार ९५६ मत गणना सकिएको छ ।
 

प्रतिक्रिया दिनुहोस