सभामुखलाई सांसद डाँगीको प्रश्न : एमाले सांसद कोइरीलाई किन कारबाही गरिएन ?

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, १४ : ०३
सभामुखलाई सांसद डाँगीको प्रश्न : एमाले सांसद कोइरीलाई किन कारबाही गरिएन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद निशा डाँगीले नेकपा एमालेकी सांसद लक्ष्मी महतो कोइरीलाई किन कारबाही नगरेको भन्द सभामुख देवराज घिमिरेमाथि प्रश्न गरेकी छन् ।

‘यस सदनका एक सदस्य लक्ष्मी महतो कोइरी जानकारी गराएर अनुपस्थित भएका हुन् वा जानकारी नगराई ? जानकारी गराएका भए के जानकारी गराएका छन सदनलाई जानकारी गराउन अनुरोध गर्न चाहेँ’ उनले भनेकी छन् ।

सांसद डाँगीले सभामुख घिमिरेसँग जवाफ मागेकी छन्, ‘जानकारी नगराएको भए अहिलेसम्म संविधान बमोजिम कोइरीलाई किन कारबाही गरिएन ? यस प्रश्नको उत्तर सभामुखबाट नै सुन्न चाहेँ ।’

संविधानतः निरन्तर १० वटा बैठकमा अनुपस्थित हुने सांसदको पद रिक्त हुने भनिएको पनि उनले स्मरण गरेकी छन् । संविधानको धारा ८९ मा स्थानको रिक्तता सम्बन्धी व्यवस्था छ । धारा ८९ को (घ) मा ‘सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा’ सम्बन्धित सांसदको पद रिक्त हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस