फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको पुष्टि भएन : प्राधिकरण

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, १३ : ४४
फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको पुष्टि भएन : प्राधिकरण

काठमाडौँ । सोमबार राति उडानका क्रममा इन्जिनमा समस्या देखिएको फ्लाई दुबईको समस्या अझै रहस्यमय बनेको छ । सोमबार राति ९ः२० बजे १६९ यात्रु बोकेर दुबई उड्दै गरेको फ्लाई दुबईको कलसाइन एफजेड ५७६ जहाजमा उडान लगत्तै समस्या देखिएको थियो । 

केही बेर त्रिभुवन विमानस्थल नजिकैको आकाशमा होल्ड गरेर आफ्नो गन्तव्यतर्फ नै गएको जहाज रातको १२ः१० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो । तर, जहाज उडेलगत्तै देखिएको समस्या खास के थियो ? सो अहिलेसम्म खुल्न सकेको छैन । 

दुबईस्थित फ्लाई दुबईको आधिकारिक ट्वीटर ह्याण्डलमार्फत जहाज उडानका क्रममा चरा ठोकिएको र केही क्षणको असहजताका बाबजुद जहाज सकुशल दुबई अवतरण गरेको जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस