बारा–२ मा रोकियो मतगणना

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, १२ : ०५
बारा–२ मा रोकियो मतगणना

काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मत गणना रोकिएको छ । मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि डेढ घण्टादेखि मतगणना रोकिएको हो ।

‘सुरुमा नेकपा एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडे, त्यसपछि म पनि किन बस्ने भनेर जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाह पनि चाबी लिएर हिँडेपछि मतगणना रोकिएको छ’ स्रोतले भन्यो ।

निर्वाचन कार्यालयले चाबी लिएर हिँडेका प्रतिनिधिहरुलाई तुरुन्त चाबी ल्याएर आउन आग्रह गर्दै माइकिङ नै गरेको थियो । तर उनीहरु नआएपछि मत गणना रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस