तनहुँ–१ उपनिर्वाचन : रास्वपाको अग्रता कायमै

सफल खबर संवाददाता

सोमबार, ११ बैशाख २०८०, १९ : ०६
तनहुँ–१ उपनिर्वाचन : रास्वपाको अग्रता कायमै

डुम्रे । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतगणना जारी छ । जारी मतगणनाअनुसार ५ः३० बजेसम्म ३७ हजार आठ सय ४१  मतगणना गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १९ हजार दुई सय ४९ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ११ हजार दुई सय ७९ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले छ हजार एक सय ५२ मत ल्याएका छन् । 

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ । ४२ वटामध्ये हालसम्म २६ वडाको मतगणना सकिएको छ । 

प्रतिक्रिया दिनुहोस