चितवन–२ मा रातिदेखि नै मतगणनाको तयारी

सफल खबर संवाददाता

आइतबार, १० बैशाख २०८०, १८ : ००
चितवन–२ मा रातिदेखि नै मतगणनाको तयारी

चितवन । आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना चितवनमा आज रातिदेखि नै सुरु गर्ने तयारी भएको छ । सहायक मतदान अधिकृत ईश्वर आचार्यले राति ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताए । 

उनका अनुसार चितवन २ मा निर्धारित समयमा ६१ प्रतिशत मत खसेको छ । केही स्थानमा मतदान स्थलभित्र पसिसकेका मतदाताले मतदान बाँकी रहेकाले केही बढ्न सक्ने उनको भनाइ छ । 

चितवनमा कुल १ लाख २४ हजार ६९५ मतदाताका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र निर्धारण गरिएको थियो । 

चिवतन २ मा गत मंसिर ४ को निर्वाचनमा ६८ प्रतिशत मत खसेको थियो । सो निर्वाचनमा ८४ हजार १७ मत खसेको खसेको थियो । 

मत गणना उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा हुने जनाइएको छ । मतगणना ७ स्थानमा गरेर चाँडै नजिता दिइने आचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस