बारा–२ मा दिउँसो साढे २ बजेसम्ममा ४५ प्रतिशत मत खस्यो

सफल खबर संवाददाता

आइतबार, १० बैशाख २०८०, १५ : १४
बारा–२ मा दिउँसो साढे २ बजेसम्ममा ४५ प्रतिशत मत खस्यो

बारा । बारा क्षेत्र नम्बर २ मा दिउँसो साढे २ बजेसम्म ४५ प्रतिशत मत खसेको छ । आज भइरहेको उपचुनावअन्तर्गत मतदानमा ४५ प्रतिशतसम्म मत खसेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी गराउनुभयो ।कडा सुरक्षाका बीच शान्तिपूर्ण रूपमा मतदान भइरहेको उहाँले जानकारी दिनुभयो । यसैबीच उपचुनावको मतगणना कलैया उपमहानगरपालिका वडा नम्बर ३ को शैक्षिक तालिम केन्द्रमा गरिने भएको छ ।

मतगणना गर्ने कोठामा तारजाली लगाइनुका साथै सीसीटीभी जडान गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी गराउनुभयो ।महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको यो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस