भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की, केरेलामा बढाइयो सुरक्षा

सफल खबर संवाददाता

शनिबार, ०९ बैशाख २०८०, १३ : ३०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की, केरेलामा बढाइयो सुरक्षा

काठमाडौं।भारतीय जनता पार्टी (भाजपा) प्रदेश कार्यालयले प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणलाई लिएर ज्यान मार्ने धम्की पत्र प्राप्त गरेसँगै केरेलामा उच्च सतर्कता अपनाउन थालिएको छ ।प्रेषकको नाम र अन्य विवरणहरू सहितको उक्त पत्रमा अप्रिल २४ मा मोदीको कोची भ्रमणको क्रममा आत्मघाती आक्रमणको धम्की दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले चिठ्ठीमा उल्लेख भएका व्यक्तिको पहिचान गरिसकेको छ ।

तर, उनले आफ्नो नाम विपक्षीहरूले फसाउन प्रयोग गरेको दाबी गर्दै उक्त कार्यमा आफ्नो कुनैपनि संलग्नता रहेको अस्वीकार गरेका छन् ।यसैबीच प्रधानमन्त्रीको सुरक्षालाई लिएर प्रहरीले तयार पारेको योजनासमेत लिक भएको छ । उक्त योजना सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्रीको सुरक्षालाई लिएर थप चुनौती उतपन्न भएको र प्रहरी संयन्त्रबाट गम्भीर त्रुटी भएको भन्दै केरलाका विदेश राज्यमन्त्री एम मुरलीधरनले चिन्ता प्रकट गरेका छन् ।मोदीको अप्रिल २४ मा कोची र २५ अप्रिलमा तिरुवनन्तपुरम राज्यको पहिलो वन्दे भारत एक्सप्रेस उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भ्रमणको क्रममा मोदीले जनसभालाई सम्बोधन गर्नेछन् । धम्की पत्र प्राप्त भएतापनि हालसम्म प्रधानमन्त्री मोदीको कार्यतालिकामा भने केही परिवर्तन गरिएको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस