निजी विद्यालयले छात्रवृत्ति उपलब्ध नगराए कारबाही गर्ने मेयर बालेनको चेतावनी

सफल खबर संवाददाता

शनिबार, ०९ बैशाख २०८०, ११ : ०५
निजी विद्यालयले छात्रवृत्ति उपलब्ध नगराए कारबाही गर्ने मेयर बालेनको चेतावनी

काठमाडौं।काठमाडौं महानगरपालिकाका निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन मेयर बालेन साहले ध्यानाकर्षण गराएका छन् ।नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान चलिरहेको बेला मेयर साहले कुल विद्यार्थी संख्याको १० प्रतिशत नघटाइ छात्रवृत्ति उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन् । प्रमुख साहले छात्रवृत्तिको यो व्यवस्था अटेर गरे कानूनबमोजिम कारबाही गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ मा छात्रवृत्तिसम्बन्धी व्यवस्था छ । यो नियमअनुसार निजी तथा संस्थागत विद्यालयहरुले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्नुपर्छ ’, बालेन भन्छन्, ‘विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस