ठूला अपराधमा कमी ल्याउँदै महानगरीय प्रहरी परिसर काठमाडौँ

शुक्रबार, ०४ साउन २०७५, १७ : २८
ठूला अपराधमा कमी ल्याउँदै महानगरीय प्रहरी परिसर काठमाडौँ

काठमाडौं । काठमाडौं प्रहरीले आर्थिक वर्ष ०७४–०७५ मा ठूला अपराधको संख्यामा कमी आएको तथ्यांक सार्वजनिक गरेको छ । प्रहरीको सक्रियता, नागरिक सचेतनाका कारणले ठूला अपराधमा कमी आएको प्रहरीले दाबी गरेको हो  ।
आर्थिक बर्ष ०७४–०७५ मा ६ हजार ८ सय ४१ मुद्दा दर्ता भएकोमा आर्थिक बर्ष  ०७५–०७६ मा ४ हजार ५ सय ८२ वटा मुद्दा दर्ता प्रहरी तथ्याङ्कले देखाएको छ । यो वर्ष ३३ प्रतिशतले मुद्दा दर्ता बढेको भए पनि त्यसमा वैदेशिक रोजगारी, चेक वाउन्स, ठगीलगायत मुद्दाको संख्यामा वृद्धि भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताउनु भयो ।
गुण्डागर्दी नियन्त्रण गर्ने अभियान लागु गरिएकोले केही सार्वजनिक अपराधमा वृद्धि भएको एसएसपी पोखरेलले बताउन ुभयो । लागुऔषध अपराध नियन्त्रण गर्नका लागि प्रभावकारी योजना सहित अभियान संचालन गरेकाले लागु औषध अपराध संख्या बढ्न पुगेको भन्दै एसएसपी पोखरेलले गुण्डागर्दी र डनगिरीको अन्त्य भएको बताउनु भयो ।साइबर अपराध, अनलाइन ठगी, बौद्धिक सम्पत्तिसम्वन्धी नविनतम अपराध बढ्दो अवस्थामा रहेको बताउँदैे एसएसपी पोखरेलल महिला तथा बालबालिका विरुद्धको अपराधमा शून्य सहनशिलताको कठोर नीति अपनाइएको बताउनु भयो ।
यस वर्ष ६ हजार ८ सय ४१ वटा मुद्दामा ९ हजार १ सय २ जना अभियुक्तहरुलाई पक्राउ गरिएको बताउनु भयो ।  विभिन्न मुद्दामा ६ सय ९२ जना फरार रहेको , ६ हजार ८ सय ४१ वटा मुद्दा दर्ता भएकोमा ५ हजार ९ सय ७६ वटा मुद्दा फर्छौट भएको काठमाडौ प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस