टी–२० क्रिकेट खेल्न नेपाली टोली लण्डन प्रस्थान

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०७५, १६ : ४२
टी–२० क्रिकेट खेल्न नेपाली टोली लण्डन प्रस्थान

काठमाडौँ । नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लब एमसीसीसंगको त्रिकोणात्मक टी–२० क्रिकेट खेल्न नेपाली राष्ट्रिय टोली हिजो लण्डनको लर्ड्स प्रस्तान गरेको छ ।
नेपाली क्रिकेट टोली विहीबार नेदरल्याण्ड र एमसीसी क्लबस“ग त्रिकोणात्मक टी २० खेल्न विहिबार लण्डन प्रस्थान गरेको हो । त्रिकोणात्मक सिरिजअघि नेपालले स्थानीय टोलीसगं ४ वटा अभ्यास म्याच समेत खेल्नेछ । जसमा २ एकदिबसिय र दुई टि–२० म्याच रहने छ ।
लर्ड्समा २९ जुलाईमा हुने सिरिजपछि पहिलो औपचारिक वान डे क्रिकेट खेल्न नेपाली टोली नेदरल्याण्ड्स जानेछ । नेपालले नेदरल्याण्डससंग अगष्ट १ र ३ मा दुई म्याचको वान डे सिरिज पनि खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस