आइएमईको ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ नयाँ योजना सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, १४ : ०४
आइएमईको ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ नयाँ योजना सार्वजनिक

काठमाडौं । आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ भन्ने मुलनाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ । विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जना कादरले सात प्रदेशका ७ जना गरि ४ हप्ता काकुल २८ भाग्यशाली विजेताहरुलाई उपहारस्वरुप जनही नगद रु ७ हजार प्रदान गरिने छ । उक्त योजना २०८० बैशाख १ गतेदेखि ३१ गतेसम्मका लागि सञ्चालन हुनेछ ।

विदेशमारहेका नेपालीहरुले आइएमई वा आइएमईका साझेदारहरु मार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्तगरि यस योजनामा सहभागी हुन सक्नेछन् ।

योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिने छ भने सो सम्बन्धि जानकारी कार्यालयका आधिकारिक सामाजिक संजाल र वेभ पेजहरूका अतिरिक्त आमसंचार माध्यममार्फत सार्वजनिक गरिने छ ।

प्रतिक्रिया दिनुहोस