संवैधानिक परिषद बैठक बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने प्रमुख दलबीच सहमति

सफल खबर संवाददाता

सोमबार, ०४ बैशाख २०८०, १२ : ०५
संवैधानिक परिषद बैठक बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने प्रमुख दलबीच सहमति

 काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बिहान बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको बैठकपछि कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस