ओमानद्वारा नेपालसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत

सफल खबर संवाददाता

शनिबार, ०२ बैशाख २०८०, १४ : ३०
ओमानद्वारा नेपालसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं।सीसी प्रिमियर कप खेल्न आएको ओमानले अभ्यास खेलमा नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको छ । २८ ओभरमा ६ विकेट १२७ रन बनाएर कमजोर अवस्थामा रहे पनि अन्ततः ओमानले नेपालाई २४६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो ।त्यसपछि थप ६ विकेट गुमाउँदा ओमानले नेपाल समक्ष बलियो चुनौती पेश गरेको हो । 

५० ओभरमा ९ विकेट गुमाउँदै ओमानले २४५ रन बनायो ।प्रिमियर कपका खेल वैशाख ५ देखि १८ सम्म चल्नेछन् ।नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेविया समावेश छन् ।त्यस्तै, समूह बीमा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।नेपालले मलेसियासँग ५ वैशाखमा टियु क्रिकेट मैदानमा पहिलो खेल खेल्दैछ । 

 

प्रतिक्रिया दिनुहोस