नयाँ वर्षको दिन १० हजार जनाले गरे केबुलकारबाट मनकामनाको दर्शन

सफल खबर संवाददाता

शुक्रबार, ०१ बैशाख २०८०, २० : ४०
नयाँ वर्षको दिन १० हजार जनाले गरे केबुलकारबाट मनकामनाको दर्शन

काठमाडौँ । नयाँ वर्षको दिन १० हजार जनाले केबुलकारबाट मनकामनाको दर्शन गरेका छन् ।

गोरखास्थित मनकामना मन्दिर दर्शनका लागि शुक्रबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको थियो । 

मनकामना दर्शन प्रालिले आज नयाँ वर्षको पहिलो दिन करिब १० हजार यात्रुहरूले केबलकारबाट मनकामना दर्शन गरेको जनाएको छ । 

कम्पनीले चैत्र मसान्त सम्म ७ लाख ५० हजार लाइ सेवा प्रदान गरिएको पनि जनाएको छ । 

मनकामना र केबलकारमा दिनहुँ भिडभाड हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस