कोरोना अपडेट : थप १२१ जना संक्रमित थपिए, एकजनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २९ चैत्र २०७९, १६ : २४
कोरोना अपडेट : थप १२१ जना संक्रमित थपिए, एकजनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १२१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३७७ जनामा गरिएको परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा ८१ जना संक्रमित निको भएका छन् । यस्तै सोही अवधिमा १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ४४५ जना रहेका छन् ।