वायुसेवा निगमको सुधारका लागि अध्ययन गर्न समिति गठन

सफल खबर संवाददाता

शनिबार, २५ चैत्र २०७९, १४ : २०
वायुसेवा निगमको सुधारका लागि अध्ययन गर्न समिति गठन

काठमाडौँ। सरकारले नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिस गर्नको लागि समिति गठन गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका अनुसार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्सीय समिति गठन गरेको हो।जसअनुसार समितिमा का सदस्यमा ओम गुरुङ (क्याप्टेन), टिकाराम राई (सञ्चारकर्मी), पियुस आनन्द (वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट) र सहारा न्यौपाने रहेका छन् ।

समितिले निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गर्न कार्ययोजना दिइएको छ ।समितिले निगमको व्यवस्थापकीय पक्ष सुधार गर्न कस्तो व्यवस्थापन आवश्यक पर्ने हो ? पुनर्संरचना कसरी गर्नुपर्ने हो ? लगायतका ८ वटा विषयमा अध्ययन गर्ने कार्यभार तोकिएको छ ।विगत ५ वर्षको निगमको अवस्था अध्ययन गरी निगमको ऋण, दायित्व, नीतिगत तथा कानुनी पक्षलगायतका विषयमा अध्ययन गरेर २ महिना भित्र प्रतिवेदन बुझाउनु पर्ने भन्दै समितिलाई समयसिमा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस