प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

सफल खबर संवाददाता

शुक्रबार, २४ चैत्र २०७९, १२ : २२
प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ६ लाख ७७ हजार १०५ कित्ता संस्थापक सेयर बिक्रमा ल्याएको हो ।यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् भने बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज देखि बाट ३५ दिनभित्र निवेदन पेश गर्नु पर्नेछ । बैकका अनुसार उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने छ ।