कोरोना अपडेट : थप ७६ जनामा संक्रमण पुष्टि, १६ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

सोमबार, २० चैत्र २०७९, १६ : ०५
कोरोना अपडेट : थप ७६ जनामा संक्रमण पुष्टि, १६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो । 

सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले खोप लगाएका छन् ।  मन्त्रालयका अनुसार हाल देशभर २२७ जना सक्रिय संक्रमित रहेका छन् ।