लुम्बिनी सरकार अल्पमतमा परेको प्रमाणित भएको छैन: मुख्यमन्त्री गिरी

सफल खबर संवाददाता

सोमबार, २० चैत्र २०७९, १३ : ३९
लुम्बिनी सरकार अल्पमतमा परेको प्रमाणित भएको छैन: मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आफ्नो सरकार अल्पमतमा नपरेको दावी गरेका छन। सोमबार बिहान दाङको तुलसीपुरमा संचारकर्मीसँग संक्षिप्तमा कुरा गर्दै उनले यस्तो बताए । आफ्नो सरकार अल्पमत परेको भन्ने कुरामा प्रदेश सभामा परीक्षण हुन बाँकी रहेको उनले बताए ।

उनले विश्वासको मत नपाएको खण्डमा मुख्यमन्त्री भइरहने सवाल नभएको पनि बताए । उनले विश्वासको मत लिने समय अझै रहेको भन्दै त्यो समयभित्र लिने पनि स्पष्ट पारे ।

उनले आफूहरुको दावी अब संविधानको धारा १६८ को (३) अनुसार जानुपर्छ भन्ने दावी रहेको बताए । उनले भने ‘प्रदेश प्रमुख कसरी जानुहुन्छ भन्ने कुरा हो । तर, हाम्रो दावी धारा १६८ को (३) अनुसार जानुपर्छ भन्ने हो । अहिले १६८ को (२) मा बनेको यो सरकार हो । ’

वर्तमान सरकार असफल भएर अविश्वासको अवस्थामा पुगेमा धारा ३ अनुसार प्रदेश सभाबाट म्यान्डेट पाउनुपर्ने आफूलाई लागेको उनको तर्क छ । प्रदेशको ठूलो पार्टी को छ भन्ने कुरामा भन्दा पनि धारा १६८ को ३ अनुसार जानुपर्ने आफ्नो धारणा रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस